५६ थान मोबाइल र करिब ६३ हजार नगद सहित ३ जना पक्राउ



न्युज अफ नेपाल, भक्तपुर । भक्तपुर महानगरीय प्रहरी बृत जगातीले चोरीका ५६ थान मोवाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटि बस्ने २२ बर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भइ हाल काठमाडौं गैरी गाउँ बस्ने बर्ष २३ को रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३ बर्षको सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीका मोवाइल सेट ५६ थान, ब्याट्रि १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको बृतका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिनुभयो ।

नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने र सत्य प्रकासले जम्मा गर्ने रञ्जिकुमारलाई बिक्री गर्ने र रञ्जित कुमार बाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्राररम्भिक अनुसन्धान बाट खुल्न आएको छ, डिएसपी जोशीले भने ।
उनीहरुले प्रयोग गर्दै आएको डी एल १ सि जेट् ४५५३ नं भारतीय सवारी साधान समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मोबाइलको बजार मुल्य करिब १२ लाख रहेको र यस बारेमा थप अनुसन्धान भइ रहेको डिएसपी जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्