सुनचाँदीका गहना चोरी गर्ने पक्राउ



हेटौंडा । भदौ १३ गते राति करिब ३ बजे हेटौंडा–११, थानाभञ्याङ बस्ने उमेशकुमार मुक्तानको घरबाट सुन र चाँदीका गरगहना चोरी भयो । यसबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानकारीपश्चात् कार्यालयबाट चोरको खोजतलास शुरु भयो ।

यही क्रममा आइतबार दिउँसो करिब ४ बजे हेटौंडा–११ स्थित सडकखण्डमा शंकास्पद्रुपमा हिँडीरहेका मकवानपुरको मनहरी गाउँपालिका–३ बस्ने वर्ष २० का आत्माराम तामाङलाई चेक गर्दा उनले चोरी गरी लुकाएका विभिन्न स्थानबाट चोरी भएका गरगहना फेला परेका छन् ।

सुनको सिक्री १ थान, सुनको रिङ ४ थान, सुनको फुली १ थान, सुनको पोतेसहित मंगलसूत्र १ थान, सुनको तिलहरी १ थान, सुनको झुम्का १ जोर, चाँदीको बाला २ थान, चाँदीको सिक्री १ थान, चाँदीको बालाका टुक्रा २ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्