खुर्पा प्रहार गरी आफ्नै श्रीमतीको हत्या



न्युज अफ नेपाल, रुकुम ।
रुकुम पश्चिमका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नं ३ गोगनपानी टोलका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको शोमबार राति धारिलो खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई मंगलबार बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

खड्कासँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ ।

हत्याको कारण भने खुलीनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्