वडाध्यक्षको मोटरसाइकलमा आगजनी



आर्घाखाँची। अर्घाखाँचीका अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।

वडाध्यक्ष पाण्डे तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्