बुवाआमाले गाली गरेको झोँकमा एक किशोरले गरे झुण्डिएर आत्महत्या



काठमाडौं । पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका २० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।

गोविन्दले बुवाआमाले गाली गरेको भन्दै झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको शव पोष्टमार्टमपछि सोमबार साँझ नै बुवा नविलालले
बुझेर लगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्