पाँचतारा साकोसको १२औं साधारणसभा सम्पन्न



पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ।

संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरूमा रेणुका प्रधान, विन्दा कुँवर, हरिवंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन्। त्यसैगरी लेखासमिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरूमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन्।

ऋण उपसमिति सदस्यहरूमा अवलेशकुमार पाण्डे र मनिष कुमार शिवाकोटी चयन भएका छन् भने शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरूमा युवराज प्रसाईं र चेतनाथ सिंह बस्नेत रहेका छन्।

संस्थाका नवनिर्वाचित अध्यक्ष भोलानाथ पाठकले आफूलाई पुनः संस्थाको नेतृत्व लिने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यलाई धन्यवाद दिँदै आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाउनुुभयो।

सभाले संस्थाको आर्थिक २०७५/०७६ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ। गत आवको अन्त्यसम्म संस्थाको शेयरपुँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख ७७ हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिनुभयो।

संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफा आर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपियाँ राजस्व तिरेको छ। संस्थामा हाल १ हजार ७७८ शेयर सदस्य रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्