भारतसँग वेष्ट इन्डिज २५७ रनले पराजित



Ajinkya Rahane (R) of India hits 4 as Shai Hope (L) of West Indies jump during day 3 of the 1st Test between West Indies and India at Vivian Richards Cricket Stadium in North Sound, Antigua and Barbuda, on August 24, 2019. (Photo by Randy Brooks / AFP)

काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला जितेको छ ।

सोमबार राति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । । ४६८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले आफ्नो दोस्रो पारीमा २१० रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले सहज जित हात पारेको हो ।
शामर्ह ब्रोक्सले ५० रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद सामी र रवीन्द्र जडेजाले समान ३–३ विकेट लिए ।

वेष्ट इन्डिजले आफ्नो पहिलो पारीमा ११७ रन बनाउँदा सबै विकेट गुमाएपछि कमजोर स्थितिमा पुगेको थियो । वेष्ट इन्डिज हारको मुख्य कारण पनि पहिलो पारीमा राम्रोसँग ब्याटिङ नहुनु हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ४१६ रन बनाएपछि बलियो स्थितिमा पुगेका थिए । भारतका लागि हनुमा विहारीले १११ रन बनाए ।

भारतलाई आफ्नो दोस्रो पारीमा भने चार विकेटको क्षतिमा १६८ रन बनाएपछि पारी समाप्तको घोषणा गरेसँगै वेष्ट इन्डिजले ४६८ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्