अपहरणकारीको शंकामा गर्भवती पिटिइन्



नयाँदिल्ली, (एजेन्सी)।भारतको राजधानी नयाँदिल्लीमा एक बालकको अपहरण गरेको आशंकामा गर्भवती महिलालाई मानिसहरूले कुटपिट गरेको प्रहरीले सोमबार जनाएको छ।  प्रहरीले २५ वर्षीया ती पीडित महिलाको स्वास्थस्थिति स्थिर रहेको तथा यस घटनाको सिलसिलामा तीन जनालाई पक्राउ गरिएको बीबीसीलाई बताएको छ।

छिमेकी राज्यलगायत नयाँदिल्लीमा हो–हल्लाकै भरमा भीडबाट हुने गरेको सांघातिक अक्रमणको यो पछिल्लो उदाहरण हो। गत वर्ष पनि वास्तविकता नै नबुझी बालबालिकाको अपहरणकारी भएको हल्लाकै भरमा आक्रोशित भीडबाट भएको हमलामा थुपै्र निर्दाेषले ज्यान गुमाउनुपरेको थियो।

पछिल्लो घटनाको फुटेजमा ती महिलालाई एक समूहले घेरा हालेर बालबालिका अपहरण गरेको आरोप लगाउँदै निर्मम ढंगले कुटपिट गरिरहेको देखिन्छ।यस्तो घटना दिल्लीको सीमानासँग जोडिएको उत्तरी राज्य उत्तर प्रदेशमा बढी हुने गरेको सरकारी तथ्यांकले देखाएको छ।

प्रहरी महानिर्देशक ओपी सिंहले २९ अगस्टयता मात्र कम्तीमा ४६ वटा यस्तो घटना दोहोरिसकेको बीबीसीलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्