बँदेलले आक्रमण गर्दा एकको मृत्यु



सिन्धुली, (नेस)। सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बँदेलको आक्रमणबाट घ्याङलेख गाउपालिका–५ शान्तेश्वरी बगरटोलका वर्ष ३५ का कृष्ण घिसिङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सोही बँदेलको आक्रमणमा परी सिंगमान घिसिङका छोरा वर्ष १३ का कान्छामान घिसिङ घाइते हुनुभएको छ। उहाँको टाउकामा चोट लागेकोे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

शनिबार साँझ घ्याङलेख गाउँपालिका–५ रामपुरखोलाको बगरमा बसिरहेको अवस्थामा बँदेलले आक्रमण गरेको हो। घ्याङ्लेखको महाभारत क्षेत्र र सुनकोशीको महाभारत क्षेत्रमा जंगली बँदेल, बाँदर, दुम्सीलगायत वन्यजन्तुले किसानको अन्नबाली खाएर हैरानी बनाउनुका साथै आक्रमणसमेत गर्ने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्