‘साहो’ को दुई दिनको कमाई कती ?



एजेन्सी,

तेलेगु स्टार प्रभास र श्रद्धा कपुर अभिनित फिल्म साहो यतिखेर प्रदर्शनमा रहेको छ । रिलिज अगावै लगानी समेत उठाइसकेको यस फिल्मले अहिलेसम्मकै सर्वाधिक शो पाएको थियो। पहिलो दिन बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको साहोले दोस्रो दिन भने ५२ करोडमा सीमित भयो ।

फिल्मको हिन्दी भर्जनले दोस्रो दिन २५।२० करोड रुपैयाँको व्यापार गरेको भारतिय मिडियाले जनाएको छ । सर्वाधिक शो पाएको यस फिल्मले अपेक्षा गरे अनुसारको ब्यापार दोस्रो दिन भने गर्न सकेन ।

यस फिल्म तीन भाषा हिन्दी, तमिल र मलयालममा तयार भएको छ । फिल्ममा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्