तीज–गीतमा व्यङ्ग्य र वास्तविकता



लोक–जीवनका विवशतार विषमता उधिन्दै चट्टै मन छुने तीज गीतले बजार तातेको छ अहिले। विरह, वेदनाका मार्मिक भाकासँगै माया पिरतीका हस्यौली, ठट्यौलीस्वरले तीजका गीतलाई बढी श्रवणीय बनाएको छ। गीत–संगीत तीजका अभिन्न पक्ष हुन्।

यद्यपि तीजका गीतमाअश्लीलता, उच्छृङ्खलता र छाडापन बढ्दै गएको र मौलिकतालाई चुनौती दिएको भन्दै यस्ता गीत बजाउन बन्द गर्नुपर्ने आवाज पनि नउठेका होइनन्।विगतमा बज्ने तीजे गीतका बरी लैको सुरिलो स्वर विस्थापित हुँदै लोकगीतका भाका हाबी हुँदै छन्। सासूको बुहार्तन र श्रीमान्को अपहेलना तथा घर–परिवारले बुहारीलाई गर्ने निकृष्ट व्यवहार अनि परनिर्भरताबाट उत्पन्न पीडाभावको पोल खोलाखोल गर्ने विगतका तीजे गीतका रुन्चे विषय परिवर्तन हुँदै गएका छन्।

‘नसिराउनु कोही,मैले नि पाल्न सक्छु मेरो आफ्नो पोइ’ बोलका गीतबाट अब महिला पनि आर्थिक पक्षमा पुरुषभन्दा कम छैनन् भन्ने विषय झल्काउने गीतको बोलवाला छ अहिले।हाल तीज गीतका लय, भावर विषय नै परिवर्तन हँुदै गएकाछन्।मनका तिक्तता र विरहव्यथा ओकल्ने उहिलेका मन रुवाउने तीज गीत हराउँदै छन् अब।

महिलाका पारिवारिक पीडाभाव र सामाजिक विभेद, बेचैनी रछटपटीका गीतमा ओझेल पर्दै समाज परिवर्तन तथा राष्ट्रोन्नतिका गीत बढी गुञ्जन थालको छ। बिस्तारै बढ्दै गरेको नारीचेतना र सशक्तीकरणले महिलाका पीडा र आक्रोश पोख्नेभन्दा अबको तीजे गीतमा सुनिने नारीस्वर सामाजिक जागरण तथाप्रेमरसले भरपूर मनोरञ्जनतर्फ मोडिन थालेका छन्।

मनोरञ्जन र चेतना विस्तारको सशक्त माध्यम मानिने गीत–संगीतका लयबाटै हाम्रा कतिपय पर्व–संस्कारलाई राजनीतिक स्थायित्व तथा राष्ट्र विकास अनि महिला अधिकारको माग गर्ने अवसर बनाउनु प्रशंसनीय खूबी पनि हो।परिवारदेखि समाज हुँदै राज्यसत्तासम्ममहिलाको शक्ति र पहुँच विस्तार गर्ने गीति अभियान बनेको छ तीज।

सामाजिकजागरण र अभियानका लागि शाब्दिक हतियार नै हुन् तीजे गीत, साथै तत्कालीन समाजको महिला परिवेश जगजाहेर गर्ने गतिलो दस्ताबेज पनि। समाजमा व्याप्तलैंगिक विभेद, सामाजिक कुरीति, कुप्रथा र राजनीतिक अन्योल एवं अराजकताविरुद्ध विविध भाव र लयमा गीत गाएर समाजमा शिक्षा, प्रेरणार सूचना प्रवाह गर्नु तीज गीतको वैशिष्ट्यपनि हो।

 

सासूको बुहार्तन र श्रीमान्को अपहेलना तथा घर–परिवारले बुहारीलाई गर्ने निकृष्ट व्यवहार अनि परनिर्भरताबाट उत्पन्न पीडाभावको पोल खोलाखोल गर्ने विगतका तीजे गीतका रुन्चेविषयपरिवर्तन हुँदै गएका छन्। ‘नसिराउनु कोही,मैले नि पाल्न सक्छु मेरो आफ्नो पोइ’ बोलका गीतबाट अब महिला पनि आर्थिक पक्षमा पुरुषभन्दा कम छैनन् भन्ने विषय झल्काउने गीतको बोलवाला छ अहिले।

 

हालकागीतहरूश्रवणीय भन्दा बढी दर्शनीय बनेका छन्। हाल तीजमा महिलाले खाने खाना र लगाउने नानामा मात्र होइन,तीजे गीतका म्युजिक भिडियोमा समेत करोडौं खर्च भइरहेको देखिन्छ। तीजगीतका भिडियोमा देखिने नाचगान तथा पहिरन देख्दा लाग्छ– आमनेपाली महिलालाई तीजको उल्लासले छपक्कै छोएको छ। अझ भनौँ, देशमा सबै कुरा ठीकठाक छ र आमनेपाली महिला समृद्ध र सुखी छन्, भनेजस्तो भाव झल्काउने गरी तीज गीतका रोमाञ्जक म्युजिक भिडियोहरू सांगीतिक बजारमा ओइरिएका छन्।

हाल गुन्जिरहेका तीजका कारुणिक गीतले एकातिर कठोर हृदय भएकाकोपनि मन पगाल्छ भने अर्कातिर विरह र वेदनामा तड्पिएका महिलालाई पनि रसरागयुक्त पति–पत्नीबीचको प्रेमपरक भाव तथा माइती चेलीकास्नेह अनि सद्भावपूर्ण लय समेटिएकारसिक गीतलेछमछम नाच्न र दुःख भुलेर हाँस्न प्रेरित गरेको पाइन्छ।

केही सामाजिक यथार्थता रकेही कल्पना मिश्रित परिघटनासमेट्दैसुरिलो संगीतसँगै महिलाहरू समूह–समूहमा आबद्ध भई पार्टी प्यालेस, होटेल वा अन्य ठाउँ रोजेर तीज पर्वको महिनौँअघिदेखि नै दर खाने कार्यक्रममा व्यस्त देखिन्छन्।वैदेशिक रोजगारीमा जानेपुरुषसँगै महिलाको संख्या पनि बढिरहेको अवस्थामाभाइ लिन नआउँदाकैयौँ चेलीका मन रोएको र बर्सेनि तीजमा माइत आउने दिदी विदेशमा हुँदा माइतीघर नरमाइलो भएका विषयले तीज गीतमा कारुणिकताको भेल छुटेको भान हुन्छ।

हाल चेलीबेटीका पीडा तथा बुहारीका बर्तन अनि परदेशी माइती र चेलीको विवशता नेपाली समाजका मन छुने गीतका बोल हुन् भने मायाप्रेम तथा व्यङ्ग्य ठट्टाका गीत पनि मनोरञ्जन पस्कने काफी विषय हुन्।नेपाली समाजका जीवन भोगाइ टपक्कै टिपिएकाकारुणिक गीति लयले देश विदेशका नेपालीका दिल छोएका र मन रोएका अभिव्यक्ति विशेषतः सामाजिक सञ्जालमा प्रशस्तैआइरहेका छन्।

हाम्रा सांस्कृतिक परम्परा, जीवनपद्धति र मौलिकता जगेर्नाका माध्यम बनेका छन्तीजे गीतहरू। चेतना प्रवाहको सशक्त माध्यम मानिने गीतले समाजको खरो प्रतिविम्ब उतारेको हुन्छ र व्यक्तिका विविध मनोभाव पनि।सार्वजनिकरूपमा महिला मनका असन्तुष्टि ओकल्ने र समाजतथा राष्ट्र सुधार्ने चेतना तथा जागरणको माध्यम पनि हुन् यस्तागीत।

तीजे गीत–संगीतका लय पछ्याउँदै म्युजिक भिडियोमा महिलासँग हातेमालो गर्दैपुरुषहरू छमछम नाचेका र दर खानेकार्यक्रमहरूमा स्वस्फूर्त सहभागी भएका मनोरञ्जनात्मक दृश्य तीजले परिवर्तनकोे पखेटा फिँजाएको संकेत पनि हो।तीजे गीतमा पुरुषको स्वरलाई असजिलो ठान्ने र महिलाका पहिरनमा उच्छृङ्खलता मात्र देख्ने मनोवृत्ति परिवर्तनलाई स्वीकार्न नसक्ने परम्परावादी दृष्टिकोणहो।

चोक, गल्ली र सार्वजनिक भवनहरूमा हस्यौली र ठट्यौलीतीजे गीतमा महिला–पुरुष दुवै कम्मर मर्काई–मर्काई नाचिररहेका दृश्यले महिनौँअघिदेखि नै तीज नजिकिएको र उल्लास छाएकोझल्को दिन्छ। गीतै छ नि !
फनक्कै घुमेर नाच मायाले
मरक्कै कम्मर भाँच मायाले
शृङ्गार गरी चट्ट परी नाच्न जानेहो
नाच्दानाच्दै आँखा जुधे पिरिम गर्ने हो।

पछिल्ला समय नेता–नेतृहरूका कार्यक्षमता र वचनबद्धताप्रति व्यङ्ग्य गर्दै राजनीतिक अन्योल, अस्थिरता र अराजकताका कहाली लाग्दा घटनाविरुद्ध सशक्त आवाज मुखरितभइरहेको छ तीजका गीतमा। मायाप्रेम र छोरीचेली तथा बुहारीका पीडा–बिलौनाका स्वर छाडेर राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रोत्थानकोे खातिर तीजका गीत मोडिएका छन्। स्थान र परिवेशअनुसारका शब्द र संगीतको समिश्रणलेदुःखान्त गीतमा हृदयविदारक अभिव्यक्तिसँगैमौलिकता र मार्मिकता बढी हुने भएकाले यस्ता गीत समाजमा बढी प्रभाव छाड्ने हुन्छन्।

वैदेशिक रोजगारीमा गएका कैयौँ युवा लास बनेरबाकसमा फर्कंदा बाबु, आमा, छोरा, छोरीका विछोडका बिलौनात छँदै छ, विशेषतःश्रीमतीले विछोडको पीडासँगै संस्कारका नाउँमा वैधव्य विवशताभित्र काट्नुपर्ने अनेकौँ कहरमिश्रित करुणाप्रधान लोक–जीवनको आत्मा समेटिएका तीजे गीतले देश–विदेशमा बस्ने नेपालीलाई रुवाएको छ।स्वर, संगीत रशब्दले दुखानुभूतिमिश्रित यथार्थलाई सजीवतादिने गीत नैश्रोताकारोजाइमा पर्ने गरेका छन्।

विछोड र वेदनाले पुरुषको तुलनामा महिलालाई बढी छुने र संस्कारले र करुणाले पनि महिलालाई नै बढी बाँध्ने हाम्रो समाजमा एकल महिलाको मर्म, मान्यता र मानसिकता दुरुस्तै ओकल्ने कलाकारको लयर शब्द सिर्जनात्मक खूबीले तीजका गीत देश–विदेशमाकर्णप्रिय बनेको छ।

गीत–संगीत हामै्र समाजका पोल खोल्ने माध्यम हुन् तापनि अब गीत–संगीतले समाज उतार्ने मात्र होइन बदल्नु पनि पर्छ। पुराना मान्यता र संस्कार भत्काएर नयाँ युगको आरम्भ गर्ने तागत गीत–संगीतका सुरिला लय र भावमा लुकेको हुनुपर्छ।समाजका कुरीति र कुप्रथाविरुद्ध गीतले सामाजिक विद्रोह छेड्नुपर्छ। वास्तवमा गीत–संगीत मनोरञ्जनका साधनमात्र नभई शिक्षा र चेतनाको संवाहक अनि स्वतन्त्र अभिव्यक्तिको सशक्त र सम्मानितमाध्यमपनि हो।

गीतका बोलले सामाजिक विसंगति र पुरातन व्यवहार बदलिनुपर्छ। प्रथा र परम्पराका बलमा हुने महिला उत्पीडन र अत्याचारका अवशेषहरू भत्काइनुपर्छ अब। विधवालाई कठोर बन्धन, रुखो व्यवहार र दुर्वाच्य बोलीले दुत्कार्नेरपतिको मृत्युलाई भाग्यको खेल भन्दै बाँकी जीवन निरस र निष्क्रिय तुल्याउने सामन्ती कुप्रथा हाम्रो समाजमा यद्यपि छँदै छ।

विधवा भएकै कारण तीज पर्वको उल्लासमा खान, लाउन ररमाउन नपाएका यस्ता दुखित, पीडित महिला थुप्रै छन्।संस्कारका नाउँमा विधवामाथि भइरहेको यस्तो आततायी व्यवहारप्रति आँखा चिम्लेर बस्ने महिलावादीहरू, एक तिहाइ महिला जनप्रतिनिधि र कहाँ छिन्हाम्रा महिला राष्ट्रपति ?नेतृत्व, नेता–नेतृ,समाजसेवी तथा गाउँ–नगरका अगुवाकोपहलमा अबपनिविधवाप्रथा हटाउन किन पहल नगर्ने ?

पतिको मृत्युसँगैे महिलाले भोग्नेवैधव्य व्यथा अब सती प्रथाजस्तै एकादेशका कथा बन्नुपर्छ र विभेदजन्य सामाजिक मनोग्रन्थी तथा सांस्कृतिक परम्परालाई आत्मसात् गर्ने प्रवृत्तिकोअब अन्त्य गर्नैपर्छ।

विशुद्ध धार्मिक कथनसँग जोडेर मनाइने तीज अब धार्मिकभन्दा बढी सामाजिक र मनोरञ्जनात्मक बन्न थालेको छ। माता पार्वतीले देवाधिदेव शिवजीलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेको प्रसंग जोडिने तीज पर्वमा महिलाले विशेषतः पतिको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि भाद्र शुक्ल तृतीयाका दिन पानीसमेत नखाई निराहार कठोर व्रत गर्नुपर्ने धार्मिक मान्यतासँगै व्रतको अघिल्लो दिन मध्यराति दरका रूपमा आडिला तथा पोषिला खानेकुरा खाने परम्परा रहिआएकोछ।

विवाहपछि टाढिएका चेली र माइतीबीचको सम्बन्ध नजिक्याउने अवसर बनेको छ तीज। व्रतको महत्व विशेषतः महिलाको अटल सौभाग्यसँग जोडेर हेरिने पतिभक्तिमा केन्द्रित सांस्कृतिक परम्परा हो। पतिको जीवनसँग महिलाको सौभाग्य, सुख, समृद्धि जोडेर हेर्ने हिन्दू धर्ममा तीज हिजो पनि पतिभक्तिको पर्व हो र आज पनि।तीज मान्ने परम्परामा हालपरिवर्तनदेखिएपनि तीजको धार्मिकआस्था र अन्तर्य आममहिलामा उत्तिकै छ।

 

प्रतिक्रिया दिनुहोस्