पोखरामा अष्टको गुञ्जन



दुई दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले निर्देशकका रूपमा डेब्यु गरेका छन्। उनको डेब्यु फिल्म गुञ्जनको पोखराका विभिन्न स्थानमा सुटिङ भइरहेको छ।
प्रेमकथामा निर्माणाधीन फिल्मबाट नवयुवा प्रितमराज सेञ्चुरीले नायकका रूपमा डेब्यु गरेका छन्।

फिल्ममा प्रितमराजको जोडीका रूपमा अभिनेतृ सारा श्रीपाली छिन्। हालै बिन्ध्यवासिनी मन्दिरमा शुभमूर्हत गरी सुटिङ शुरू गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्ताङ, कञ्चन चालिसे, सुस्मिता बराल, अमोद, आईपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

एएच इन्टरटेन्मेन्टको ब्यानरमा हीराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्ममा लेखन महेश दवाडी, संगीत अर्जुन पोखरेल र कल्याण सिंह, कोरियोग्राफी कविराज गहतराज र छायांकान राजेश श्रेष्ठको रहको छ।

झन्डै ९० प्रतिशत छायांकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौंमा गरिने निर्देशक अष्टले जानकारी गराए। फिल्म आगामी फागुन तेस्रो साता रिलिज गरिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्