अमेरिकामा खिचियो म्युजिक भिडियो



पत्रकार हिक्मत डंगोलको कथा र स्क्रिप्टमा निर्देशक अमृता अधिकारीले निर्देशन गरेको म्युजिक भिडियो तयार भएको छ।पप गायक बबिन प्रधानको स्वर रहेको तिमीसँग म के गुनासो गरू” बोलको गीतको म्युजिक भिडियो अमेरिकामा खिचिएको छ।

अमेरिकाको नर्थ क्यारोलिन राज्यको विभिन्न पार्क तथा मन्दिरवरपर नृत्य गरिएको दृश्य रहेको म्युजिक भिडियो ड्रोनको सहयोगमा स्तरीय देखिएको छ। एन्ना कोइराला र प्रशिद्ध श्रेष्ठले मोडलिङ गरेको म्युजिक भिडियो ५ हजार डलरको लागतमा तयार भएको छ।

भिडियोको छायांकन समीर मानन्धरले गरेका छन्। ५ मिनेट लामो उक्त भिडियोमा ८० अलग–अलग दृश्य समावेश छ।

 

प्रतिक्रिया दिनुहोस्