शुभकामना



सनतकुमार थापा

हरेक हिन्दु नारीहरूलाई मंगलमय शुभकामना
रिस–रागलाई बिर्सी सबैमा आत्मीयताको कामना !!
तामझामको साथ हैन लागौं हाम्रो सस्कृतिको संरक्षणमा !
लिएर जानु केही छैन हामीले यस संसारमा !!

कामकाजबाट छुट्टी लिई रमाऔं नाचगानमा !
तिमीहरूको हर ईच्छा पूरा होस् यो शुभ घडीमा !!
जन्म तिमीहरूको सफल रहोस् यो पवित्र धर्तीमा !
सुख शान्ति मिलोस् सबै दिदी–बहिनी एवं छोरीहरूमा !!

लौ आयो तिजको खुशी र रमाइलो सबैको घर घरमा !
मंगलमय शुभकामना हाम्रा दिदी बहिनी र छोरीहरूमा!!

प्रतिक्रिया दिनुहोस्