२७ वर्षदेखि श्रीमतीलाई काम गराउँदै आएका १ व्यक्तिले तिरे २ करोड बराबरको क्षतिपूर्ति



हालै अर्टेन्टिनामा भएको एक अनौठो घटना सार्वजनिक भएको छ । अर्टेन्टिनामा बसोबास गर्दै आइरहेका एक व्यक्तिले २७ वर्षदेखि आफ्नी श्रीमतीलाई काम गराउँदै आएको आरोपमा अदालतले उनलाई २ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

महिलाको नाम एमएल हो भने उनका श्रीमानको नाम डीबी हो । उनीहरुको सन् १९८१ मा बिहे भएको थियो । तर सन् २००९ मा यी दुईले सम्बन्धविच्छेद गर्ने निर्णय गरे र सन् २०११ मा उनीहरुको सम्बन्धविच्छेद भयो । उक्त महिला अहिले अहिले ७० वर्षकी भैसकेको छ ।

अर्थशास्त्रमा स्नातक पास गरेकी ती महिलाले बिहेपछि आफ्नो करिअर त्यागेर पतिको घर सम्हालेकी थिइन् । सम्बन्धविच्छेदको बेला महिलाको उमेर झण्डै ६० वर्षको थियो । उनीसँग जिविकोपार्जनका लागि आम्दानीको कुनै माध्यम थिएन र जागिर गर्नका लागि उनको उमेर पनि रहेन । अन्ततः यो मामिला स्थानीय अदालतमा पुग्यो ।

अदालतमा पुगेर उक्त महिलाले आफू आर्थिक संकटबाट गुज्रिरहेको बताइन् । तत्पश्चात् न्यायाधीशले फैसला गर्दै २७ वर्षसम्म पत्नीलाई केवल घरधन्दा मात्र गराउने उनका पतिलाई २ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्तिको रुपमा दिनुपर्ने आदेश दिए ।

फैसलामा ती न्यायाधीशले आज पनि महिलाहरुले घरमा गर्ने कामको कुनै मूल्यांकन नरहेको भन्दै ती महिलाको आर्थिक स्थिति र उनको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उनले क्षतिपूर्तिको रुपमा झण्डै २ करोड रुपैयाँ रकम पाउने फैसला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्