सेजनमा नयाँ नेतृत्व



नेपाल समाचारपत्र, काठमाडौं।आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतमको अध्यक्षमा नयाँ कार्यसमिति चउन भएको छ। शनिबार राजधानीमा सम्पन्न सेजनको २०औं वार्षिक साधारणसभा एवम अधिवेशनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्नुभएको थियो।

कुल २३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका छन्। ३ मत बदर भएको थियो। त्यस्तै महासचिवमा सुजन ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गर्नुभयो।

ओलीले १३५ र पौडेलले ९५ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोला प्रथामार्फत निर्वाचित हुनुभयो। प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३–८३ बराबर मत आएपछि गोला प्रथा गरिएको थियो। उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेललाई ६७ मत प्राप्त भयो।

त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित हुनु भएको छ। प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए।सदस्यमा विनय बञ्जारा (१७०), मुना कुँवर (१५२), सुजन ढुंगेल (१४८), हिमा विक (१३५) र कमला अर्यालले (१०७) मत ल्याएर विजयी भएका छन्।सदस्यमा जीवनकुमार बस्नेतले १०० र विपी पोख्रेलले ७५ मत ल्याएर पराजित भएका छन्।

यसैबीच अधिवेशन उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक पत्रकारिता निकै फस्टाएको बताउनुभएको छ। उहाँले आर्थिक पत्रकारिता फस्टाएको बताउँदै मुलुकको हितका लागि समाचार लेख्न आग्रह गर्नुभयो। उहाँले बढी चर्चामा आउने नाममा मुलुकको अहितमा समाचार नलेख्न आग्रह गर्नुभयो।

‘पत्रकारिता मुलुकको विकासका लागि हुनुपर्छ, हिट हुने नाममा समाचार लेख्नुहुँदैन,’ उहाँले भन्नुभयो। पत्रकारिताको विकासमा आफ्नो साथ र सहयोग सधैभरी रहने बताउनुभयो।

कार्यक्रममा बोदै उहाँले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको उल्ल्ेख गर्नुभयो। सामाजिक सञ्जालमा गलत सूचनाहरू छिटो प्रवाह हुने भएकाले त्यसलाई स्क्रिनिङ गरेर समाचार बनाउनु पत्रकारिताका लागि चुनौती भएको उहाँको तर्क छ।

प्रतिक्रिया दिनुहोस्