नेपाल खुला विश्वविद्यालय गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्दछ



प्राडा रामचन्द्र पौडेल
डीन, नेपाल खुला विश्व विद्यालय

मन्त्रिपरिषद्को बैठकसमेत भिडियो कन्फरेन्स विधिद्वारा गर्न थालेको नेपालमा पठन–पाठनका लागि दूर शिक्षा प्रणालीको विकास सामयिक छ। विश्व कागजपत्ररहित सञ्चार र भौतिक उपस्थितिबिनाको कार्यालय सञ्चालनमा लागेको बेला विद्यार्थीले भने स–शरीर कक्षामै उपस्थिति हुनुपर्ने, शिक्षकको नजिकै बसेर पढ्नुपर्ने अवस्था छैन। अनलाइन कारोबार, ई–बंैकिङ, सोसल मिडियाबाट पैरवी आदि आजको परिवेश हो। नेपाल यस परिवेशबाट टाढा रह्यो भने बदलिँदो समयसँग नेपालीले प्रतिस्पर्धा गर्न सक्तैनन्। यही मान्यताका साथ पठना–पठन सञ्चालन गर्न राज्यले नेपाल खुला विश्वविद्यालय खडा गरेको छ, यसले विभिन्न संकायका विभिन्न विषयमा दूर शिक्षा प्रणालीको प्रयोग गर्दै प्राध्यापन शुरू गरिसकेको छ। कस्ता छन् त यसका सफलता, तयारी र कार्यक्रम, बुझौं नेपाल खुला विश्वविद्यालयका डीन प्राडा रामचन्द्र पौडेलबाट ः

 

नेपाल खुला विश्वविद्यालयमा तपाईं सोसल साइन्स र एजुकेसनको पहिलो डीन हुनुहुन्छ ? कस्तो अनुभव गर्दैहुनुहुन्छ ?

अवसर र चुनौती दुवैलाई सन्तुलितरूपमा आत्मसात् गर्नुपर्ने अनुभूत गर्दैछु। मैले दुई दर्जनभन्दा बढी विषय हेर्नुपर्छ, संरचना नै खडा गरेर अघि बढ्नुपर्ने भएकोले कामको सघनता बढी नै छ। मलाई अवसर र चुनौती भएका ठाउँमा काम गर्ने इच्छा पनि भएकोले आफ्नो जिम्मेवारीलाई मैले जागिरका रूपमा मात्र होइन आनन्दका रूपमा लिएको छु। व्यस्ततापूर्ण जिम्मेवारीले मलाई आनन्द दिइरहेको छ।

नेपाल खुला विश्वविद्यालयको अग्र्यानोग्राममा तपाईंको स्थान र सेवा कस्तो पाउनुभयो ?

डीन भन्ने पद कुनै पनि विश्वविद्यालयको प्राज्ञिक अभ्यास गर्ने अवसर हो। यसमा आपूmभन्दा माथिका पदाधिकारी, सिनेट र कार्यकारी परिषद्को अगाडि जबाफदेही हुनुपर्छ, प्राध्यायक, कर्मचारी तथा विद्यार्थीका बीचमा नेतृत्वदायी र अभिभावकत्व प्रदर्शन गर्नुपर्ने हुन्छ। यो एउटा अवसर हो।

पत्रकारिता वा आमसञ्चार विधा पनि तपाईंकै भागमा परेको रहेछ, यसमा कस्तो प्रगति भइरहेको छ ? कहिलेदेखि कुन लेबलको भर्ना खोल्दै हुनुहुन्छ ?

नेपालमा पत्रकारिता तथा आमसञ्चार अध्यापनको इतिहास अन्य कतिपय देशको तुलनामा अलि छोटो छ। विद्यावारिधि अर्थात् पीएचडी प्राप्त प्राध्यापकको संख्या अत्यन्त न्यून छ। परिपक्व तबरले पठन—पाठन, अनुसन्धान गर्ने अनुसन्धाताको संख्या पनि न्यून नै भन्नुपर्दछ।

तर एमफिल र पीएचडी गर्नचाहने व्यक्तिको संख्या धेरै देखिएको छ। यस सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले यस क्षेत्रमा भएका खाली ठाउँ पूरा गर्ने गरी आगामी आश्विनभित्र मिडिया र कम्युनिकेसनमा स्नातकोत्तर स्तरको कार्यक्रम विकास र सञ्चालन गर्ने अठोट गरेको छ। क्रमशः अन्य ब्याचलर र डिप्लोमा पनि भविष्यमा सञ्चालन गर्ने योजना छ।

 

एमफिल र पीएचडी गर्नचाहने व्यक्तिको संख्या धेरै देखिएको छ। यस सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले यस क्षेत्रमा भएका खाली ठाँउ पूरा गर्ने गरी आगामी आश्विनभित्र मिडिया र कम्युनिकेसनमा स्नातकोत्तर स्तरको कार्यक्रम विकास र सञ्चालन गर्ने अठोट गरेको छ।

 

खुला विधिको प्राध्यापन गुणस्तरी हुने आधार के हो ?

यसो हेर्दा खुला र अनलाइन तथा गुणस्तरीय शिक्षा एक–अर्कामा परस्पर विरोधी हुन् कि जस्तो प्रतीत हुनसक्छ। यसका पछाडि केही कारण पनि छन्। प्रथमतः नेपालमा विदेशी विश्वविद्यालयका खुला तथा अनलाइन मार्पmत् पठन—पाठन हुने शैक्षिक कार्यक्रमले गुणस्तरीय शिक्षालाई गम्भीरतापूर्वक आत्मसात् गरेको पाइदैन।

तथा संसारभरि व्यापकरूपमा दूर शिक्षा विधिद्वारा सञ्चालित पाठ्यक्रम सञ्चालकले आह्वान गरेका एकतर्फी विद्यार्थीले अध्ययन गरेर प्रमाणपत्र लिने खालका कार्यक्रमले पनि स्तरीयता आत्मसात् नगरेकोले जनमानसमा यस्तो धारणा बनेको हुनुपर्दछ तर हाम्रो प्रसंग एकदमै फरक छ।

हामीले विकास गरेको पाठ्यक्रम अत्यन्त विस्तृत खालको वा स–साना गतिविधि र प्रक्रियाका बारेमा पनि व्याख्या गरिएको हुन्छ जसले गर्दा विद्यार्थीलाई आवश्यक पर्ने सूचना विस्तृतरूपमा उजागर भएको हुन्छ। कुनै पनि विषयको पाठ्यक्रम र शैक्षिक कार्यक्रम साधारणतः १० पृष्ठभन्दा कमको पाउनुहुन्न।

दोस्रो विद्यार्थीको सैद्धान्तिक वा संज्ञानात्मक सिकाइको साथै सीप तथा व्याक्तित्व विकासको पक्षलाई पनि यसमा महत्व दिइन्छ। तेस्रो यसमा एक पटक भर्ना भएपछि विद्यार्थीे तथा शिक्षकको पठन—पाठन, मूल्यांकन, अनुसन्धान सम्बन्धी सम्पूर्ण क्रियाकलापको खण्ड–उपखण्डमा अनलाइन अभिलेखीकरण हुन्छ र जुनसुकै बेला सुपरीवेक्षण गर्न सकिन्छ।

चौंथो, यसमा प्रध्यापन गर्ने प्राध्यापक तथा विद्यार्थी संसारको जुनसुकै कुनाबाट अध्ययन–अध्यापन गर्न सक्छन्। हाम्रा यस सत्रका कार्यक्रम जस्तै अंग्रेजी, नेपाली र शिक्षामा एमफिल लेबलमा अहिले करिब २०० विद्यार्थीबाट छानेर ५०–५० जनाको दरले भर्ना लिइएको छ। पठन–पाठन शुरूगरेका विद्यार्थी अत्यन्त सक्रिय र जागरुक छन् र लगभग ९० प्रतिशत हाजिर भएका छन्।
विद्यार्थी दूर शिक्षा विधि वा भच्र्युयल तथा प्रत्यक्षरूपमा उपस्थित हुन्छन् तथा सम्पूर्ण क्रियाकलाप इन्टरनेटको मोड्युलमार्पmत् हुने गर्दछ। त्यसैले नेपाल खुला विश्वविद्यालयमा गुणस्तरीय शिक्षाको ग्यारेन्टी छ।

हामीलाई पूर्ण विश्वास छ, विद्यार्थीले कार्यक्षेत्रमा प्रवेश गरेपछि आफ्नो दक्षता प्रमाणित गरेर देखाउनेछन्।

 

विद्यार्थी दूर शिक्षा विधि वा भच्र्युयल तथा प्रत्यक्षरूपमा उपस्थित हुन्छन् तथा सम्पूर्ण क्रियाकलाप इन्टरनेटको मोड्युलमार्पmत् हुने गर्दछ। त्यसैले नेपाल खुला विश्वविद्यालयमा गुणस्तरीय शिक्षाको ग्यारेन्टी छ। हामीलाई पूर्ण विश्वास छ, विद्यार्थीले कार्यक्षेत्रमा प्रवेश गरेपछि आफ्नो दक्षता प्रमाणित गरेर देखाउनेछन्।

 

अन्त्यमा,यस विश्वविद्यालयलाई सफलताको उचाइमा पुर्याउने कस्ता कार्यक्रम र रणनीति बनाउनुभएको छ?

विश्व विद्यालयको सफलता यसबाट उत्पादित विद्यार्थीले देखाउने कार्यदक्षतामै निर्भर गर्दछ। यसका लागि आगामी दिनमा हामीले थप मेहनत गर्नु आवश्यक छ। जस्तो, प्राध्यापकको निष्पक्ष तरिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी स्थायी नियुक्ति गर्ने, आवश्यक सूचना प्रविधि पूर्वाधार, इन्टरनेट व्यान्डविथको सुधार, विश्व विद्यालयका लागि उपयुक्त भवनको चयन, विदेशी विश्वविद्यालयसँग सहकार्य, नयाँ रोजगारमुखी शैक्षिक तथा अनुसन्धानात्मक कार्यक्रम थप गर्ने र गुणस्तर कायम गर्ने। यी सबै कामका लागि नेपाल खुला विश्वविद्यालय प्रतिबद्ध छ।

 

 

प्रतिक्रिया दिनुहोस्