पहिलो विकल्प फिजियोथेरापी



डा. प्रियंका घिमिरे

फिजियो थेरापी भन्नाले विश्वविद्यालयबाट डिग्री हासिल गरेका दक्ष, कुशल र अनुभवी फिजियो डाक्टरद्वारा विनाअप्रेसन र विनाऔषधिको प्रयोगबाट रोगीलाई गरिने विनासाइड इफेक्ट स्वास्थ्य उपचारको विधि हो। यसको सम्बन्ध विशेषतः अर्थराइटिस, साइटिका आदि हड्डी र नसाहरूमा हुने विभिन्न कमजोरीका कारण हुने रोगसँग हुन्छ।

नसा तथा हड्डीसँग सम्बन्धित रोगलाई मेडिकल चिकित्सकहरूले रोगीको अवस्थाको निदान गरिसकेपछि पहिलो विकल्प अप्रेसन या औषधि सेवनको सट्टा फिजियो थेरापीलाई अगाडि सार्छन्। अल्जाइमर्स, प्यारालाइसेस, नसा च्यापिएका र हड्डी खिइएका जस्ता रोगहरूको उपचारमा सल्यक्रिया गरिहाल्नुभन्दा फिजियो थेरापीलाई पहिलो प्राथमिकता दिइन्छ।

 

यसो हुनुको मुख्य कारण मान्छेको अस्तव्यस्त जीवनशैली नै मुख्य कारण हो। समयमा सुत्ने–उठ्ने नगर्ने, समयमा खानपिन नगर्ने, मोबाइल कम्प्युटरमा बस्दा पोस्चर नमिल्याउने र खानामा अस्वस्थ, विषयुक्त, कम पोषण तत्व भएको जंक फुड र पेयपदार्थ खाने अनि नियमित व्यायाम नगर्नेहरूलाई नै यस्तो समस्या बढी देखिन्छ।

 

आधुनिक भौतिक विकासले मान्छेलाई खानपिन, उठबस, लवाइ–खुवाइमा व्यापक परिवर्तन ल्याइदिएको छ। भौतिक विकासमा आएको यो परिवर्तनमा धेरै सकारात्मक पक्ष भए पनि केही नकारात्मक पक्ष पनि अवश्य हुन्छन्। हिजो घाँसदाउरा, चुलोचम्को गर्ने नेपाली समाजको एक किसिमको समस्या थियो भने आधुनिक युगमा अस्वस्थ हानिकारक खानपिन, प्रविधिको गलत प्रयोग, बढ्दो चिन्ता, निद्राको अभाव र बढ्दो औषधिको प्रभावबाट हुने रोग अर्को भिन्नै समस्या थपिएको छ।

रोग लाग्ने नदिनु सबैभन्दा ठूलो बुद्धिमानी हो। यदि लागिहाले पनि त्यसको बेलैमा सचेतनासाथ रोगको निदान गरी उपचार गरिहाल्नुपर्छ। रोग केवल किटाणुबाट मात्र लाग्ने हुँदैन। यसबाहेक आफ्ना दैनिकी जीवनशैलीले पनि रोग लाग्ने गर्छ। त्यस्ता रोगहरूको निदान भनेको औषधि र अप्रेसनभन्दा पनि नियमित व्यायाम, पोषिलो खानपिन र शारीरिक उठबसमा ध्यान पुर्याउनु नै हो।

आजकल अस्पतालमा आउने अधिकांश रोगीहरू गर्दन, ढाड, घुँडा आदि विभिन्न हड्डी एवं नसासम्बन्धी समस्या लिएर आएका हुन्छन्। यसरी आउने रोगीहरूमा बढ्दो उमेर पुगेका पाका मात्र हुँदैनन्, अहिले कम उमेरका मान्छेसमेत यी समस्या लिएर आएका हुन्छन्। यसो हुनुको मुख्य कारण मान्छेको अस्तव्यस्त जीवनशैली नै मुख्य कारण हो।

समयमा सुत्ने–उठ्ने नगर्ने, समयमा खानपिन नगर्ने, मोबाइल कम्प्युटरमा बस्दा पोस्चर नमिल्याउने र खानामा अस्वस्थ, विषयुक्त, कम पोषण तत्व भएको जंक फुड र पेयपदार्थ खाने अनि नियमित व्यायाम नगर्नेहरूलाई नै यस्तो समस्या बढी देखिन्छ।

आजकल स्वास्थ्य चेतना हिजोको भन्दा केही बढेको देखिन्छ। तर पनि बढ्दो रोगहरूका लागि यो अझै पुगेको छैन। रोगहरूको कुरा आउँदा सबैभन्दा पहिला मान्छेको चेतनाकै कुरा आउँछ। सकेसम्म रोग लाग्न नदिनु, यदि रोग लागिहाले पनि त्यसको विषयमा आफैं जानकार हुनु र समय–समयमा सम्बन्धित चिकित्सकहरूसँग परामर्श लिनु रोगीको आफूप्रतिको पहिलो कर्तव्य हो।

रोग लाग्दा हुने आर्थिक, मानसिक र शारीरिक क्षति भनेको स्वयं रोगीले नै व्यहोर्ने हो। यी सबैको क्षति कल्पना गर्दा पनि भयावह लाग्छ। यो भयावह आउन नदिन आफ्नो विषयको जानकार पहिलो पक्ष स्वयं व्यक्ति नै हौँ। किनकि रोगी नै पहिलो पीडित हो। यदि रोगको निदान गरिसकिएको छ र अप्रेसन नगरी नहुने अथवा औषधि नखाई नहुनेबाहेक अन्यको विकल्पमा तपाईंलाई कुनै माथि भनिएका रोगहरूको शुरूवाती लक्षण देखिएमा पहिलो बाटो भनेको फिजियो नै हो।

जथाभावी बाटोघाटोका मेडिकल पसलभित्र पसेर आफैं दुखाइ कम हुने औषधिहरू खाई क्षणिक आनन्द लिनुभन्दा सम्बन्धित चिकित्सकहरूसँग जाँचबुझ गरी उहाँहरूले दिएको सल्लाहअनुरूप गर्नुपर्छ। अल्ज्माइर्स र प्यारालाइसेस, जोर्नी दुख्ने आदि नसा तथा हड्डीजस्ता दीर्घ रोगलाई बेलैमा फिजियो डाक्टरहरूसँग सम्पर्कमा रहेमा, त्यस्ता रोग समयमा नै फिजियो डाक्टरको रेखदेखमा उपचार गरिएमा अप्रेसन र बढ्दो औषधिको अनावश्यक पीडाबाट छुट्कारा मिल्छ।

यी रोगको पहिलो विकल्प भनकै फिजियो हो। फिजियो थेरापी गरेर नै विनाअप्रेसन र विनाऔषधि रोगी तथा उसको परिवारलाई आर्थिक, मानसिक एवं शारीरिक क्षतिबाट बचाउन सकिन्छ।
(लेखक डा. घिमिरे नेसनल ट्रमा सेन्टरमा हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्