अचम्मको देश जहाँका भेडा विद्यालय जान्छन् !



शिक्षा हासिल गर्न मानिस विद्यालय तथा विश्वविद्यालयमा भर्ना भएको त हामीले देखेकै छौ । तर एक युरोपेली मुलुकमा भने १५ वटा भेँडालाई स्कुलमा भर्ना गरिएको छ ।

सुन्दा अपत्यारिलो र अचम्म लाग्ने यो घटना हो फ्रान्सको । फ्रान्सको एक प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको थियो । विद्यार्थीको संख्या एकदमै न्युन रहेको उक्त विद्यालयमा जम्मा २ सय ६१ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका थिए । विद्यार्थीको संख्या घट्दै गएको देखेपछि त्यहाँका स्थानीयले यसे कुरा प्रती गुनासो गर्न थाले । अभिभावकको उक्त गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा भेँडालाई स्कुलमा भर्ना गरेको छ ।

यो खबर क्रेत्स अन बेलडोन सहरमा रहेको प्राथमिक विद्यालयको हो । उक्त सहरको जनसंख्या जम्मा चार हजार रहेको छ । कक्षाहरु नै घटनाउनुपर्ने अवस्था आएको बेला त्यहाँका एकजना स्थानीय जो भेडा किसान थिए उनी उद्धारक बनेर देखा परे । उनले स्कुललाई आफ्ना १५ वटा भेडा दिने निर्णय गरे । भेडालाई स्कुलमा भर्ना गरेसँगै भेडाको जन्मदर्ता प्रमाणपत्र पनि पेश गरिएको छ । भेडालाई आफ्नो बालबालिका बनाएर विद्यालयमा भर्ना गर्ने व्यक्तिको नाम हो गेल लावेल ।

एउटा कक्षा घटाउँदा हरेक कक्षामा विद्यार्थीको चाप बढ्ने र विद्यार्थीको पढाइमा असर पुग्ने भन्दै उनले यस्तो निर्णय लिएका हुन् । त्यसपछि उनले विद्यार्थीको संख्या बढाउनका लागि भेडालाई स्कुलमा भर्ना गर्ने प्रस्ताव गरे ।

उनको प्रस्तावलाई सहरका मेयर ज्याँ लुई मेरेले पनि स्विकार गरे । मेयर मेरेका बच्चाहरुले पनि सोही स्कुलमा पढ्ने गर्दछन् । स्कुलमा भेडाहरु समेत आउन थालेपछि विद्यार्थीहरु समेत रमाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्