टिकटकमा भुल्ने ११ कर्मचारीको जागिर चट्



सामाजिक सञ्जाल त्यस्ता वेभसाइट हुन् जसमा हामीले नँया साथि बनाउने, फोटाहरु आदान प्रदान गर्ने, गर्दछौँ । जस्तै, फेसबुक, ईन्स्टाग्राम, स्काईप आदि ।

त्यस्तै मध्ये एक हो टिकटक। अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लतमा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रोचक कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको ।

भारतको तेलंगाना खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर कारवाही गरेको छ । करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् ।

कार्यालय समयमा पनि टिकटक भिडियो रेकर्ड गरिरहेको बेला उनीहरु पटक पटक फेला परेका थिए । यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडियामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेज्जत गरेको बताउदै उनीहरुलाई सो सजाए सुनाइएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्