गुट्खाजन्य पदार्थको नियन्त्रण गर



मानव स्वास्थ्यमा सबैभन्दा हानि पुर्याउने गुट्खाजन्य पदार्थको सेवनका कारण मुलुकमा बर्सेनि सयौं नेपालीले ज्यान गुमाउने गरेका छन्। गुुट्खाको उत्पादनमा नियमन नहुँदा नक्कली होस् वा सक्कली यसले मानवजीवनमा मात्र असर गरेको छैन, राजधानीलगायत मुलुकका प्रमुख शहरलाई समेत असर गरेको छ।

गुट्खा सेवन गर्नेहरूले गुट्खाको प्याकेट जहाँ पायो त्यहीँ फाल्ने गरेका कारण ती शहरको वातावरणसमेत प्रदूषित भएको छ। नेपालमा धेरै संघसस्थाले फोहोर नियन्त्रण गर्ने अभियान नै चालए तर मानिसको व्यवहारमा परिवर्तन नआउनाले उनीहरूले गुट्खाका प्याकेट बाटोभरि फ्याँक्ने क्रम बढ्दोरूपमा रहेको छ।

सरकारले यसको व्यवस्थापन गर्न नसक्दा एकातिर हजारौं मानिस रोगको सिकार भएका छन् भने जथाभावी बाटोमा फ्याँकिएको प्याकेटले वातावरणलाई समेत प्रदूषित बनाएको छ। त्यसैले यसको उत्पादनमा रोक लगाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ।

सरकारले भन्ने एउटा तर गर्ने अर्कै भएको कारण व्यापारीको मनोमानी बढ्दो क्रममा रहेको छ। गुट्खा प्रयोगकर्ताले जथाभावी फ्याँकेको प्याकेटले शहरलाई कुरूपसमेत बनाएको छ।

त्यसकारण तत्काल यस्ता मानव स्वास्थ्यमा असर गर्ने सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुको विकल्प छैन। यस्तो गुट्खाजन्य पदार्थले कुरूप बनेको शहरलाई सफासुग्घर बनाउने जिम्मा तपाईं–हामी, सरकार सबैको हो।

– सुनील चापागाईं, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्