जीप दुर्घटनामा एकको मृत्यु



डडेल्धुरा। जिल्लाको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम जादै गरेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम आउने क्रममा भागेश्वर गाउँपालिका–४ को डुङरीमा जीप दुर्घटना भएको एक स्थानीयले बताएका छन् ।

घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अहिले उद्धारमा स्थानीय जनप्रतिनिधि तथा अन्यको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी उद्धारका लागि खटिएका छन्  ।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।
उक्त जीपमा करीब २२ जना सबार रहेको बताइएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्