मान्छे मार्ने खेल आखिर कहिलेसम्म ?



वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएका छन्। अमेरिका, युरोप, मलेसियालगायत खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि भन्दै नेपाली कामदार ठगिँदै आएको खबर जताततैबाट सुनिन्छ। ठगीका उजुरी परे पनि छानबिन गरी पीडितलाई न्याय दिलाउने काम भने अत्यन्तै सुस्त गतिमा हुने गरेको छ।

जसका कारण शृङ्खलाबद्धरूपमा वैदेशिक रोजगारमा रहेका नेपाली तथा जान चाहने युवालाई विभिन्न प्रलोभन देखाएर ठग्ने गिरोह सक्रिय भइरहेका छन्।वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुल गरी विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्ने लगायतका अवैध काम गर्नेविरुद्ध उजुरी परे पनि त्यस्ता म्यानपावर कम्पनी तथा एजेन्टविरुद्ध कारबाही भने हुन सकेको छैन।

प्रायजसो कामअनुसार तलब नदिने, एउटा काम देखाएर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिविरुद्ध हजारौँ उजुरी पर्ने गरेका छन्। म्यानपावर व्यवसायी वा एजेन्टबाट अवैध काम भइरहेको छ।

अप्रत्यक्षरूपमा मानिसहरू विदेश पठाइदिने भन्दै आशाको पोको बोकाएर ज्यान नै जाने किसिमका हिंसात्मक कार्य पनि गर्ने गरेको सुन्न पाइन्छ। आखिर कहिलेसम्म खेल्ने हो सरकार यस्तो मान्छे मार्ने खेल। यसको चाँडोभन्दा चाँडो आवश्यक नीति परिमार्जन गरी वैदेशिक रोजगारीलाई सुरक्षा प्रदान गरियोस्।

– प्रदीप घिमिरे, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्