नहोस् बाईबाई



गत साता नेकपा सचिवालय बैठकमा पीएम ओली र अर्का नेता नेपाल वीचको घम्साघम्सी छताछुल्ल भएसी सो दलले अब फरक नीति लिएको छ। बैठकमा भएका कुरा हुबहु बाहिर सार्वजनिक नगर्ने, गाली गलोज, घम्साघम्सी, पाखुरा सुर्कने प्रतिस्पर्धा भइहाल्यो भने त्यस्ता खवर जतिसक्दो ढाकछोप गर्ने।
सोमबार चल्या सचिवालय बैठकले ओली–नेपालवीचको वाकयुद्धलाई थप चरम उत्कर्षमा पुर्याउन हुन नहुने ठहर गर्दै यस्तो निर्णय लिएको हो। अध्यक्ष भएर पनि अध्यक्ष जस्तो जिम्मेवारी नपाएका प्रचण्डको अध्यक्षतामा पहिलो पटक बस्या बैठकले प्रचण्ड नै ओली र नेपालका लमी बन्नु पर्ने ठहर गर्या छ।

अर्थात् ओली नेपाल वीचको खटपट मिलाउन प्रचण्ड अब लमी हुने छन्। दुवै पार्टी मर्ज भएको यति लामो समयपछि प्रचण्डले राहत पा’छन्, बल्ल पार्टी अध्यक्ष जस्ता भा’छन्। ओली अहिले सात समुद्रपारी हुँदा उनी हाईहाई भा’छन्। अहिले नेकपाका केही नेता भन्न थाल्या छन्–‘प्रचण्डको भूमिका ढिलो आयो तर कडा आयो।’

उनको भूमिका कति कडा, कति तगडा, कति हिट, कति फ्लप केही सातामै थाहा भइहाल्छ। कुरो यति हो, अहिले हाई हाई भन्नेहरूले उनलाई छिटै बाईबाई नगरुन्।

प्रतिक्रिया दिनुहोस्