दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन एनसेलको सहकार्य



नेपाल समाचारपत्र, काठमाडौं । एनसेल प्रालिले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बंगला फाउन्डेसनसँग सहकार्य गरेको छ।
उक्त सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरू, शिक्षक शिक्ष्ीिकालगायत नेपाली तथा विदेशी शोधकर्ताको सहभागिता रहेको थियो। सम्मेलनमा ७५ वटा कार्यपत्र प्रस्तुत भएका थिए भने ६० वटा कार्यशाला सञ्चालन भएका थिए। सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिकासहित सात सय जनाभन्दा बढीको सहभागिता रहेको थियो।
त्यसैगरी प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरूको उपस्थिति रहेको थियो। शिक्षा क्षेत्रको विकासकालागि सहभागीलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उद्देश्य रहेको छ।

दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरूको सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।

२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरणदेखि नै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हासिल गर्न सकिन्छ।

गरेर सिक्ने विधिमा जोड दिँदै आयोजना गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्