सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक सञ्चालन गर्नुभएको छ ।
स्वास्थ्य उपचारका लागि सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्नुभएको बताए ।

प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन सापकोटाले समाजिक सञ्जालमा फोटो पोस्ट गर्दै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री सिंगापुर जानुअघि मन्त्रिपरिषद् बैठकले भिडिओ कन्फेरेन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक बस्न सकिने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई ट्वीटमार्फत धन्यवाद दिएनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्