अस्पतालका ९ जना नर्सले एकैपटक बच्चा जन्माए !



विश्वभर हरेक दिन केही न केही घटना घटिरहेकै हुन्छ । कुनै घटना दुखलाग्दा हुन्छन् भने कुनै हासो र अचम्म लाग्दा हुन्छन् । यस्तै घटना मध्ये हामी आज एउटा रोचक घटनाको कुरा गर्न जादैछौँ ।

यो कुरा हो अमेरिकाको । अमेरिकाको मेन मेडिकल सेन्टरका ९ जना नर्सले एक महिनाको अन्तरालमा बच्चा जन्माएका छन् । एउटै मेडिकल सेन्टरमा जागिर खाइरहेका ९ जना नर्सले एकैसाथ बच्चा जन्माएपछि सबैजना अचम्मित भएका छन् । अर्काे अचम्मको कुरा के हो भने, यी सबै नर्स अस्पतालको प्रसुती विभागमा नै कार्यरत छन् । उनीहरुले अप्रिलदेखि जुलाईको बिचमा ९ जना बच्चालाई जन्म दिएका हुन् ।

यी नर्समध्ये केहीको पहिलो बच्चा हो भने कसैको दोस्रो तथा तेस्रो बच्चा हो । तर संयोगले उनीहरु सबैजना एकै समयमा गर्भवती भएर बच्चा जन्माएका छन् । उनीहरु काम गरिरहेको अस्पतालले प्रसुतीअघि फेसबुक पेजमा ‘गुड न्युज’ भन्दै प्रसुती समयसहित सबै नर्सको फोटो राखेको थियो ।

मेडिकलका अनुसार सबै नर्सहरु प्रसुती गराउने कोठामा काम गर्नुका साथसाथै एक अर्कालाई सहयोग गर्न तम्तयार रहने गर्दछन् । अस्पताल टिमका साथसाथै अन्य हजारौँ मानिसहरुले नर्सहरुलाई बधाई पनि दिएका छन् । अहिले उनीहरुको बच्चासँग भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्