सवा दुई लाखका मोबाइल धनीलाई



हेटौंडा, (नेस) ।
विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाइल हराएको भन्दै दिइएका निबेदनको सम्बन्धमा प्रहरीले विशेष प्रविधि र उपलब्ध स्रोतसाधनको प्रयोग गरी खोजतलास तथा अनुसन्धानपछि १५ वटा मोबाइल फेला पारेर धनीलाई बुझाएको छ ।

१२ हजारदेखि ५५ हजारसम्म मूल्य पर्ने विभिन्न कम्पनीका करिब दुई लाख २५ हजार रुपियाँ बराबारका मोबाइल फेला पारेर आइतबार सम्बन्धित धनीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जिम्मा लगाइएको हो । बिगत ७ महिनामा प्रहरीले ९८ थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्