म्यानचेस्टर सिटीको जित



लन्डन, (एजेन्सी)। सर्जियो अग्वेरोको दुई गोलको मद्दतमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आइतबार जित हात पारेको छ।  डिफेन्डिङ च्याम्पियन सिटीले बाउर्नमाउथलाई ३–१ गोल अन्तरले हराएको हो।

सिटी ३ खेलमा दोस्रो जित हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। टोली शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २ अंकले पछाडि छ। अघिल्लो दिन लिभरपुलले मोहम्मद सलाहको दुई गोलको योगदानमा लगातार तेस्रो जित संभव पारेको थियो।

अग्वेरोले १५औं मिनेमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। रहिम स्टर्लिङले ४३औं मिनेटमा थप गोल गरेर टोलीलाई २–० को अग्रतामा पुत्याए। तर विल्सनले पहिलो हाफ इन्जुरी समयमा गोल फर्काएर २–१ मा गोलअन्तर खुम्च्याएका थिए।

दोस्रो हाफमा अग्वेरोले ६४औं मिनेटमा गोल गरेपछि सिटीको जित पक्का भएको थियो।

प्रतिक्रिया दिनुहोस्