ईबीए क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं। ईबीए सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ईबीएले न्यू् भिजनलाई १८–१२ ले, महामञ्जुश्रीले एआईलाई ३२–२० र पुष्पसदनले मोक्सदालाई १४–११ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरे।

महामञ्जुश्रीका शिवम् लामाले १४ तथा पुष्पसदनका प्रज्वल अधिकारीले ९ अंक जोडे।

सिनियर ब्वाइजमा रुपिजले तोरणलाई ४६–३०, एरिसले होली भिजनलाई ४७–३६ र नेपालयले बौद्ध चिल्ड्रेन हेभेनलाई ३४–२९ले पाखा लगाउँदै अन्तिम १६ मा स्थान बनाए।

एरिसका उज्वल लिम्बूले १७ र नेपालयका देव आले मगरले २४ स्कोर प्रप्त गरे।

सिनियर गल्र्समा द चाँदबागले ग्यालेक्सीलाई १५–८, निम्सले मोक्सदालाई १८–१०, इनोभेटिभले जेसिस इन्टरनेसनललाई २३–१० र सिद्धार्थ वनस्थलीले न्यू भिजनलाई १३–११ ले पन्छाए। निम्सकी डोल्मा तामाङले १० अंक बटुलिन्।

 

प्रतिक्रिया दिनुहोस्