स्टोकको साहसिक ब्याटिङमा इंग्ल्यान्डको जित



लन्डन, (एजेन्सी) । अल राउन्डर स्टोक सिटीको साहसिक ब्याटिङमा इंग्ल्यान्डले अष्ट्रेलिया विरुद्धको तेस्रो एसेस टेस्ट आइतबार १ विकेटले जितेको छ।

३ सय ५९ रनको लक्ष्य दिएकोमा चौँथो दिनको खेलमा २ सय ८६ रन हुँदा इंग्ल्यान्डले ९ विकेट गुमाइसकेको थियो।

अस्टे«लिया एसेस सिरिज जित्ने नजिक पुगिसकेको थियो। तर विश्वकप फाइनलका नायक स्टोकले अष्ट्रेलिया यालाई खुशी मनाउन दिएनन्।

ज्याक लिचसँग उनले अन्तिम विकेटका लागि १०.२ ओभरमा अटुट ७६ रनको साझेदारी गरेर इंग्ल्यान्डलाई तेस्रो टेस्टमा रोमाञ्चक जित दिलाए।

इंग्ल्यान्डले सबैभन्दा उच्चतम रनको लक्ष्य भेटाएको यो पहिलो पटक हो। साथै ५ टेस्टको एसेस सिरिज १–१ ले बराबरी भएको छ। २ टेस्ट खेल्न बाँकी छ।

लिचले १ रन मात्रै बनाउँदा बाँकी ७५ रन स्टोक एक्लैले बनाएका थिए। उनले यो साझेदारीमा ७ छक्का र ४ चौका प्रहार गरेका थिए।

उनी १ सय ३५ रनमा नटआउट रहे। इंग्ल्यान्डले पहिलो इनिङमा मात्र ६७ रनमा अलआउट भएर पनि दोस्रो इनिङमा ९ विकेटको क्षतिमा ३ सय ६२ रन बनायो।

यसअघि १५ रनमा दुवै ओपनर गुमाएपछि जोए डेन्ली र जोए रुटले तेस्रो विकेटका लागि १ सय २६ रनको साझेदारी गरेका थिए। डेन्ली ५० रन बनाएर आउट भए भने रुटले ७७ रनको योगदान दिए।

यसपछि स्टोक्स र जोनी बेयरस्टो (३६ रन) ले पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। अस्टे«लियाको तर्फबाट जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्