नेकपाका बैठक आज, बैठक पार्टी कार्यलयमा बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपा एकताको १५ महिनापछि पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्डको अध्यक्षता बस्दैछ । अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए। सधैँको बैठक बालुटारमा बस्थ्यो । तर आज पार्टी कार्यलय धुम्बाराहीमा बस्न लागेको छ ।

आज विहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने बताइएको छ। पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएकाले अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। यसअघि बैठक दिउँसो १ बजे बस्ने भनिएकोमा बैठक ११ बजेका लागि सारिएको छ।

पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो। नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ। आजको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। नेकपाका यसअघिका सचिवालय बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्