सुनको मूल्य झन् बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं। चाडबाडको समय नजिकिँदै गर्दा नेपाली बजारमा सुनको भाउ आकाशिँदै नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार सुनको मूल्य बढेर तोलाको ७२ हजार पाँच सय रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सुन साउन ३० मा तोलामा ७१ हजार ५ सयसम्म पुगेको थियो। त्यसपछि ७१ हजार पुगेको सुनको भाउ तोलाको ७१ हजार तीन सयमा कारोबार हुँदै आएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्