पूर्वाधार सम्मेलनमा कर्णाली प्रदेशले गेमचेन्जर परियोजना प्रस्तुत गर्ने



नेपाल समाचारपत्र, काठमाडौं ।नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरुप कर्णाली प्रदेशको सुर्खेतमा नेपाल उद्योग परिसंघले अन्तरक्रिया गरेको छ।

सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्यसचिव केबलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गर्नु भएको थियो।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए।कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाही मन्त्रीले परिसंघले आयोजना गर्न लागेको तेस्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेमचेन्जर परियोजना प्रस्तुत् गर्ने बताउनुभयो।

कर्णाली प्रदेशले सम्भावित करिब एक दर्जन परियोजनालाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत जनाएको छ।  त्यस्तै कर्णाली प्रदेशले समेत निकट भविष्यमा लगानी सम्मेलन आयोजना गर्ने र सो सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले उल्लेख गर्नुभयो।

यसपटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्वसम्मेलन छलफल तथा अन्तत्र्रिmया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ। त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्