नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित चार गाडी प्रदर्शनी हुने



नेपाल समाचारपत्र, काठमाडौं ।  यसपटकको नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडीसहित ४ वटा गाडी शोकेस गर्ने भएको छ। महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यसपटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित टीयूभी ३०० र स्कर्पियो पिकअप राख्ने भएको हो।

यसपटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयूभी एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा रहनेछ।भारतीय बजारमा अध्याधिक रुचाइएको सबकम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनिक सेग्मेन्ट फस्ट थुप्रै विशेषतासहित आएको यङ एसयूभी हो। यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ।

यस एक्सयूभी ३०० मा थुप्रै सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको छ। यसका साथै यसको सिक्स स्पिड ट्रान्समिसन प्रणालीले कुशलापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ।

सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको छ। नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरि दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ।

एक्सयूभी ३०० कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त हुन्छ भने स्पोर्ट मोर्डले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा हुन्छ।त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ।

यो गाडी सार्क माछाबाट प्रेरित भएर बनाइएको एक आधुनिक मल्टि पर्पोज भेहिकल (एमपीभी) हो। होटल, ट्राभल एजेन्सी र फेमिली कारको रुपमा समेत प्रयोग हुन सकिने यो एमपीभी आधुनिक फिचरले सुसज्जित रहेको छ।

मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेको छ। मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुलाई पनि एसिको हावा सजिलै पुग्नेछ।

यो एमपीभीको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ।स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ।

नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन्। स्कर्पियो पिकअप फूलअप्सन गाडी हो। डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ। एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ।

टियूभी ३०० नेपाली बजारमा परिचीत एसयूभी हो। यो एसयूभीमा ७ सिटिङ क्यापासीटी भएको एक बोल्ड एसयूभी हो।

 

प्रतिक्रिया दिनुहोस्