सम्भवतः विश्वकै पहिलो अन्तरिक्ष अपराधमाथि छानबिन



वासिङ्टन, (एजेन्सी)। अमेरिकी अन्तरिक्ष तथा हवाइ निकाय (नासा)ले एक अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट आफ्नो परित्यक्त पत्नीको बैंक खाता चलाएको भन्ने गम्भीर आरोपमाथि अनुसन्धान शुरू गरेको छ।

यस घटनालाई सम्भवतः अन्तरिक्षमा गरिएको पहिलो अपराध आरोप मानिएको छ। अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार महिला अन्तरिक्षयात्री एनने म्याकक्लेनलाई सो आरोप लगाइएको तर उनले आफूले आईएसएसबाट कुनै पनि गलत काम नगरेको स्पष्ट पारेकी छिन्।

उनकी परित्यक्त पत्नी समर वोर्डनले यस सम्बन्धमा संघीय व्यापार आयोगमा उजुरी गरेको बताइएको छ। म्याक्लेन पृथ्वीमा फर्किसकेकी छिन्। उनले आफ्नो वकिलमार्फत आफूले परिवारको आर्थिक अवस्था जान्ने कोसिस मात्र गरेको न्युयोर्क टाइम्सलाई बताएकी छिन्।

उनले आफू र आफ्ना पूर्वपतिले स्याहार गर्दै आएका छोराका बिल तिर्नका लागि आवश्यक रकम छ वा छैन भनी जाँच्न खोजेको बताएकी छिन्। उनका वकिल रस्टी कार्डिनले उनले कुनै अनुुचित काम नगरेको बताएकी तथा अनुसन्धानमा पूर्णरूपमा सहयोग गरिरहेको जनाएका छन्।

म्याक्लेनको वायु सेनामा गुप्तचर अधिकृत रहेका वार्डनसँग सन् २०१४ मा विवाह भएको थियो। वार्डनले सन् २०१८ मा उनीसँग पारपाचुके लिन अदालतसमक्ष अपिल गरेका थिए।

न्युयोर्क टाइम्सका अनुसार नासा कार्यालयका महानिरीक्षकले यस आरोपका बारे सोधपुछ गर्न दुवैसँग सम्पर्क गरेका छन्। प्रतिष्ठित सैनिक प्रतिष्ठान बेस्ट प्वाइन्टबाट स्नातक गरेकी म्याक्लेनले सैनिक पायलटको हिसाबले युद्धका बेला इराकी आकाशमा आठ सयभन्दा लामोसमय विमान उडाएकी थिइन्।

टेस्ट पायलटका लागि छनोट भएकी उनलाई सन् २०१३ देखि नासामा उडान अनुमति दिइएको थियो। उनी छ महिना आईएसएसमा बसेकी थिइन्। उनको पहिलो पटक सम्पूर्ण महिला अन्तरिक्षयात्रीको अन्तरिक्ष पदयात्रा कार्यक्रममा सहभागी हुने योजना रहेको थियो।

तर अन्तिम समयमा उनको साइजको अन्तरिक्ष पोसाकको व्यवस्था हुन नसकेको सूचना नासाले दिएपछि उनी सो ऐतिहासिक कार्यक्रमबाट वञ्चित हुन बाध्य भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्