राहुल र एलिशाको भिडियो सार्वजनिक



म्युजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमा सार्वजनिक भएको फर्की फर्की बोलको गीतले दुईको प्रेमभाव बोल्छ।

गीतमा नवीन रावल र सदीक्षा कट्टेलको स्वर छ भने गायक रावल स्वयंले संगीत भरेका छन्। फिल्मी शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले सिर्जेका हुन्।

गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका छन्। राहुलको कोरियोग्राफी प्रशंसनीय छ।

गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ। चार डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्