ट्रेलरमा आयो पासवर्ड



आपराधिक कथामा बनेको फिल्म पासवर्डको ट्रेलर सार्वजनिक गरिएको छ। धेरै जस्तो छायांकन लन्डनका विभिन्न रमणीय क्षेत्रमा गरिएको फिल्म आगामी भाद्र २७ गते अल नेपाल रिलिज हुँदै छ।

सम्राट बस्नेतद्वारा निर्देशित फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहराका साथमा पूर्वक्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेतृ सन्नी लियोनीले अभिनय गरेका छन्।

सन्नी लियोनीका कारण चर्चामा रहेको फिल्ममा उनले एक आइटम डान्स गरेकी छिन् भने केही सिनमा अभिनय पनि गरेको बताइएको छ। ट्रेलरमा भने सन्नीका कुनै पनि संवादसहितका दृश्य छैन।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेत र हिराल जोशीको निर्माण रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता रहेका छन्।

अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजित सिंहको छायांकन र सौरभ लामाको डीओपी रहेको फिल्ममा निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको छ भने कथा सीमा गुरुङले लेखेकी छन्।

यूकेका लागि मोहित छब्रा कार्यकारी निर्माता रहेको फिल्ममा अजित केआर थापाको सहलगानी रहेको छ भने लाइन प्रोड्युसर सनिश खकुरेल रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्