प्रमको स्वास्थ्य अवस्था सामान्य



काठमाडौं, (नेस)। प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरस्थित नेसलन युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि उपचार शुरू गरिएको छ। प्रधानमन्त्रीका निजी चिकित्सक नेफ्रोलोजिस्ट प्राडा दिब्या सिंह शाहका अनुसार उहाँको मृगौलाको उपचारका क्रममा प्लाज्मा फेरिसिस प्रक्रिया शुक्रबारबाट शुरू गरिएको हो।

यो उपचार प्रक्रिया अझै केहीपटक गर्नुपर्नेछ। अहिले  प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक सिंगापुर जाँदा बदलिएको औषधिको डोज पूरा गर्न पुनः ५ गते बिहीबार सिंगापुर जानुभएको हो।

उहाँले परिवर्तन गर्नुभएको औषधि पहिलोपटक साउन १८ गते सिंगापुर गई दुई साइकल चलाइएको थियो।औषधिको डोज पूरा नहुँदै उहाँलाई ज्वरो आएकाले उहाँ साउन २७ गते नेपाल फर्कनुभएको थियो।

नेपाल फर्केपछि पहिलाजस्तै पटक पटक ज्वरो आई शरीरमा क्रियाटिनिन अनियन्त्रित भएपछि फेरि सिंगापुर जानुभएको हो।

डा. शाह आइतबार नेपाल फर्केपछि डा. दीलिम शर्मा सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्