टिपरकाे ठक्करबाट चार घाइते



काठमाडौं । आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो ठूलाे दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक काम नलाग्ने भएका छन । ठक्कर दिने टिपर परार छ ।

प्रहरीका अनुसार तीनवटा बाइक कच्याकुचुक भएका छन् भने एकजनाको शरीर क्षतविक्षत अवस्थामा देखिन्छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि केएमसी लगिएको छ । थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्