माछोमाछो भ्यागुतो: संचारमन्त्री बास्कोटा



यमलाल भुसाल, बुटवल । प्रेस सेन्टर रुपन्देहीले आईतवार साँझ बुटवलमा पत्रकार सम्मेलन गरेको छ । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोलकूलप्रसाद बास्कोटाले सम्मेलनमा भन्नुभयो धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन । उहाँले गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको उल्लेख गर्नु भएको छ । जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उहाँले हमला गर्ने तत्वहरुसँग सचेत रहन सबैलाई आग्रह समेत गर्नु भयो ।

मन्त्री बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विधेयकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्नु भयो । उहाँले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने दावि गर्नु भयो ।
‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो ।उहाले मिडिया ‘सरकारप्रति होइन, देश र जनताप्रति जिम्मेवार हुनु पर्ने बताउनुभयो । जिम्मेवार भएर लेख्ने पत्रकारलाई सरकारले स्वतन्त्र छोडिदिने धारणा राख्नु भयो ।

मिडियाले न्यायधिशको काम गर्न हुदैँन भन्दै मन्त्री बास्कोटाले सोसल मिडियामा देखिएको विकृती रोक्न सरकारले ल्याएको विधेक पारित हुने अवस्थामा पुगेको जानकारी गराउनु् भयो । नागरिक स्तरबाटै सोसल मिडियाको दुरुपयोग रोक्नुपर्ने भन्दै उहाँले सरकारको एक्लो पहलले मात्रै नहुँने उल्लेख गर्नु भयो ।

पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा छाएको विकृतितर्फ संकेत गर्दै उहाँले ‘भिडले कानूनलाई नियन्त्रण गर्न नसक्ने भन्दै कुनै पनि घटनाको कानून् अनुसार छानविन तथा अनुसन्धान हुन्छ, कोही चिच्याएर रोकिदैन उहाँको कथन थियो ।

प्रतिक्रिया दिनुहोस्