प्रहरीको निष्कर्षः रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता



न्युज अफ नेपाल चितवन ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।

लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले अदालतबाहिर नाराबाजी गरेका थिए।

पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए।पछि उनी माउन्टेन टीभीमा पुगेका थिए । आत्महत्या भन्दा अगाडी उनले चितवनको एक होटलमा रवि लामिछानेसहित अन्य दुई जनाको कारणले आफुले आत्महत्या गर्नुपरेको भिडियोमार्फत बताएका थिए ।

प्रहरीले रवि लामिछानेसहित अन्य दुईजना संचारकर्मीलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राखेको थियो ।

अब के हुन्छ ?

अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको थुनछेक बयान लिनेछ।

बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्