एचएचसीए र ओडिसी सफल



नेपाल समाचारपत्र, लमजुङ ।एचएचसीए र ओडिसीले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सफलता पाएका छन्।

एचएचसीएले फ्लोरोसेन्टलाई १९–१५ ले पराजित गर्यो। एचएचसीएका दिशान्त राईले ७ अंक जोडे। ओडिसीले बीएनएलाई १५–१२ ले हरायो। सोही स्पर्धामा लालीगुराँसले हिमरश्मीलाई १५–९ ले पाखा लगायो। लालीगुराँसका दीपेश कार्कीले ८ अंक बटुले।

सिनियर ब्वाइजमा आयोजक ग्रिनल्यान्डले न्यु समिटलाई ५७–२७, टीआईएले बीएनएलाई ५८–३५, नवोदितले डिआर मेमोरियललाई २६–१० र गोल्डेनपिकले एन्जल्स हर्टलाई ४०–२० ले पन्छाए।

ग्रिनल्यान्डका राजीव आले मगरले २६, टीआईएका सम्राट गुरुङले १७, नवोदितका लक्ष्मण गुरुङले १८ र गोल्डेनपिकका गोपाल भण्डारीले १० स्कोर गरे।

सिनियर गल्र्समा एचएचसीएले स्किब्सलाई २६–२३, भ्याली पब्लिकले प्रोलिफिकलाई ४६–३०, ग्रिनल्यान्डले न्यु समिटलाई २७–१५ र टीआईएले भद्रकालीलाई १८–१२ ले पराजित गरे। एचएचसीएकी अनिता राईले ९, भ्याली पब्लिककी सुजु गुरुङले १३, ग्रिनल्यान्डकी स्विकृति अधिकारीले ९ र टीआईएकी अर्पिताले ७ अंक जोडे।

 

प्रतिक्रिया दिनुहोस्