खेलाडी जोडी क्वार्टरफाइनल पुग्दै



नेपाल समाचारपत्र, लमजुङ। लमजुङमा छैटौं खुल्ला तथा तेस्रो प्रविणकुमार कायस्थ स्मृति राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत खेलाडी जोडी क्वार्टरफाइनलमा पुगेका छन्।

लमजुङ मस्र्याङदी युवा क्लब बेंसीशहरले आयोजना गरेका प्रतियोगिताको क्वार्टरफाइनलमा विधान गुरुङ र राजु थापा चितवन, हीरा राई र सोनाम खपाङी लमजुङ, मनबहादुर गुरुङ र सविन खड्काको जोडी पुगे।

अन्यमा रमेश श्रेष्ठ र केबल श्रेष्ठ युनिका हाउस, सुरन रामजाली र शम्भु श्रेष्ठ तनहूँ, विनोद पौडेल र अभिषेक पुन चितवन, ओम थापा र किसान खड्का पोखरा र इन्द्र मेहता र निरञ्जन देवकोटा आयोजक टिमको टोली पनि अन्तिम आठमा पुगेका छन्।

लमजुङका साथ तनहुँ, चितवन, काठमाडौं, तथा सिन्धुपाल्चोक गरी प्रतियोगितामा कुल ४४ टिमले भाग लिएको लमजुङ ब्याडमिन्टन संघका अध्यक्ष कृष्णकुमार प्रधानले जानकारी दिनुभयो। प्रतियोगितामा शीर्ष तीन हुनेले क्रमशः ४० हजार, २५ हजार रुपियाँ प्राप्त गर्नेछन्।

सेमिफाइनलमा हार्ने २ जोडीलाई १०÷१० हजार रुपियाँ प्रदान गरिने आयोजक क्बलका पूर्वअध्यक्ष सुरेशकुमार प्रधानले बताउनुभएको छ। तीज उत्सव २०७६ को अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लबका अध्यक्ष जुन तामाङले बताउनुभयो।

उहाँका अनुसार क्लबले पछिल्लो ६ वर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ। खेलकुदले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले युवालाई सत्मार्गमा ल्याउन प्रतियोगिता गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्