अदालतमा रवि र अस्मिताको फरक-फरक बयान



चितवन । स्वर्गीय पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परी न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ।

उनीहरूले दिएको बयानमा दुईजनाको मत आपसमा बाझिएको अधिवक्ता गोपीलाल देवकोटाले बताए। देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी छन्। उनले आफ्ना कारणबाट शालिकरामले आत्महत्या नगरेको जिकिर गरिन ।

बयानमा उनले आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर बताएकी छन्।

उता, रविले पनि आफ्नो कारण यो घट्ना नघटेको दाबी बयानमा दिएको अधिबक्ता देवकोटाको भनाइ छ। तर,

रविले आफुले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन्।

यस्तै, रविले बयानका क्रममा शालिकरामसँग प्रत्यक्ष संवाद थिएन, सम्पर्क थिएन भनेका छन्। तर एउटै टेलिभिजनमा, एउटै टिममा रहेर काम गरेको, विभिन्न रिपोर्ट तयार पार्दा सँगै गएको विषय आइसकेकाले उनको यो क्रियाकलापले रविलाई नै अफ्ठ्यारो पर्न सक्नेछ ।

रवि र अस्मिताले फरकफरक मत राखेकाले रविलाई त्यसको असर पर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्