कांग्रेसका दिन सकिएः योगेश भट्टराई



पाँचथर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेश भट्टराईले कम्युनिष्ट पार्टीले फेरी पनि जित्नपर्ने बताएका छन्।

पाँचथरको फिदिममा पार्टीका नेता तथा कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै भट्टराईले अन्तिम जित नठान्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

नेकपा नेतृत्वको तीनै तहको सरकारसँगै, पार्टीका नेता तथा कार्यकर्तालाई असफलतातर्फ जाने छुट नरहेको भन्दै जुन्सुकै हालतमा उपनिर्वाचन पनि जित्नु पर्ने बताए।

पार्टी एकता भएकोले मत पनि थपिएको भन्दै उनले कम्तिमा ५० वर्ष कांग्रेसलाई ओरालो लगाउन पार्टीको सबै संयन्त्र प्रयोग गर्न आवश्यक रहेको बताए।

मुलुक संघीयतामा गएपछि भएको तीनवटै तहको निर्वाचनमा प्राप्त जनमत बचाउनपर्ने नत्र जनताले दिएको अवसर गुम्ने बताए । गएको वर्ष कानुन बनाउने र प्रदेशसँगै स्थानीय तहको संरचना निर्माणमा बितेको भन्दै अब विकासमा फट्को मार्ने वर्ष आएको बताए ।

सदरमुकाम फिदिममै शुक्रबार भएको जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्ला सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिको भूमिका बढाउनेतर्फ सोच्ने बताएका हुन।

प्रतिक्रिया दिनुहोस्