शाहले तोडे आनन्दको किर्तिमान



काठमाडौं । आनन्द लेप्चाले राखेको २० बर्ष पुराने राष्ट्रिय किर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।
हङ्गेरीको राजधानी बुडापेष्टमा आयोजना भईरहेको सातौंं फिना बिश्व जुनियर पौडी च्याम्पियनसिप २०१९ मा हम्जाले १ सय मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ ।

यस अघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३को किर्तिमान राखेका थिए ।

यस्तै सोही च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी छिन् । उनले १ सय मिटर ब्रेष्टस्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२ सेकेन्डको समयलाई पछि पार्दै १ मि. २३.८९ सेकेन्डमा साथ आफ्नो नाममा नयाँ किर्तिमान लेखाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्