१ सय १६ घण्टा शौचालयमा किन बसे यी मानिस ?



आफूलाई विश्वभर परिचित गराउन मानिसले विभिन्न प्रकारका क्रियाकलाप गर्ने गरेको हामीले सुन्दै र देख्दै आएका छौ । विश्वमा सबैभन्दा लामो नङ, कपाल, दाह्री पाल्ने आदि जस्ता अचम्मका रोचक क्रियाकलाप गरेको हामीले देखेकै छौ । यस्तै विश्व रेकर्ड बनाउन एक जना मानिस ५ दिनसम्म शौचालयमा बसेका छन् ।

यो घटना यसै वर्ष जुलाई १९ मा बेल्जियमको आस्टेन्डमा भएकोे हो । सायद तपाईहरुलाई विश्वास नलाग्न सक्छ । बेल्जियमका एक जना मानिस विश्व कीर्तिमान स्थापित गर्न लगभग ५ दिन शौचालयमा बसेका छन् । यस्तो अनौठो कार्य गर्ने व्यक्तिको नाम हो, जिम्मी डि फ्रेन्नी । गिनीज बुक अफ रेकर्डमा लामो समयसम्म शौचालयमा बस्ने मानिसको सुचिमा आफूलाई राख्नका लागि उनले १६५ घण्टा शौचालयमा बस्नुपर्ने शर्त स्वीकार गरेका थिए ।

४८ बर्षे जिम्मी डि फ्रेन्, बस चालक हुन सिक्दै छन् । उनले १६५ घण्टाको शर्त भने पुरा गर्न सकेनन् । शौचालयमा बसेको ११६ घण्टा बितेसँगैै उनले शुक्रबार बिहान हार मानेका थिए ।

उनले मानिसहरुले आफ्नो बारेमा जे सोचेपनि आफूलाई फरक नपर्ने बताएका छन् । फ्रेन्नीलाई हरेक घण्टा पाँच मिनेट छुटको अनुमति दिइएको थियो । तर अचम्म र चाँखलाग्दो अर्काे कुरा के हो भने, उनलाई बस्न दिइएको शौचालय प्रयोगका लागि जडान गरिएको थिएन । त्यसैले उनलाई समय( समयमा शौचालय जान दिइन्थ्यो ।

उनले भने,’ म धेरै थकित थिएँ र मेरा खुट्टा दुखेका थिए तर म आफ्नो सफलतामा विश्वास गर्दछु र यो रेकर्डलाई आधिकारिक बनाउने प्रयास गर्छु ।’

तर गिनीज वर्ल्ड रेकर्डमा शौचालयमा बसेको कुनै आधिकारिक विश्व रेकर्ड भने छैन । उनले यस्तो रेकर्ड बनाउने प्रयास गरिरहँदा गिनीज रेकर्डका आधिकारीक मानिसहरुको उपस्थिति भने थिएन ।

प्रतिक्रिया दिनुहोस्