अबैध भारु नोटसहित पक्राउ परेका २ जना सार्वजनिक



पर्सा । नक्कली भारु नोटसहित पक्राउ परेका दुई जनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन मार्फत शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन् ।

उनीहरुको साथबाट दुई हजार दरका नक्कली भारु नोट ९५ थान अर्थात् १ लाख ९० हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चेकजाँचका क्रममा उनीहरुको साथबाट उक्त नक्कली भारु नोट बरामद गरिएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्