इङलिश प्रिमियर लिग: एभर्टनमाथि भिल्लाको सहज जित



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन पराजित भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-० ले पराजित गरेको छ ।

एस्टन भिल्लाको जितमा वेस्ले र अनवर एल घाजीले एक एक गोल गरेका थिए ।

यस सिजनमा मोइएस कीन र एलेक्स इवोबीलाई साइन गरेको एभर्टले यस अघि एक बराबरी र एक जित हासिल गरेकोमा तेस्रो खेलमा हार बेहोरेको छ ।

त्यस्तै प्रिमियर लिगमा फर्केको भिल्लाले भने यस अघि टोटनह्याम र बर्नमाउथसँग पराजित भएकोमा तेस्रो खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्